चुनाव जितेर गएका वामपन्थी नेताको हैसियत कार्यालय सहयोगीको भन्दा तल : नेविसंघ नेता थापा

काठमाडौं । नेपाल विद्यार्थी संघका नेता निरञ्जन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर इतिहासकै सबैभन्दा घातक निर्णय गरेका आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले देशभर गरेको वडास्तरीय विरोध सभालाई नुवाकोट तादी गाउँपालिका उर्लेनीमा सम्बोधन गर्दै नेता थापाले त्यस्तो आरोप लगाएका हुन् ।

त्यस्तै कोभिड पीडित जनताहरुलाई दिने राहतमा चरम भ्रष्ट्राचार हुँदा समेत भ्रष्ट्राचारीलाई सरकारले संरक्षण गरेको आरोप लगाए । दिनदहाडै बलात्कार हुँदा समेत दोषी पत्ता लगाउन नलागेको तर बामगठबन्धनको आपसी लडाँईको कारण मुलुकलाई अनिर्णयको बन्दी बनाएको नेता थापाले बताए ।

नुवाकोटबाट बामगठबन्धनबाट चुनाव जितेर गएका नेताहरुको हैसियत जनताले एउटा कार्यालयको कार्यालय सहयोगी जति पनि नरहेको बताउँदै नुवाकोट लगायत देशैभरि बिकास र समृद्धिको कुरामा काङ्ग्रेससँग सिक्न आग्रह गरेका छन्।

त्यस्तै सरकारि ‘कू’ को बारेमा गाउँ गाउँमा घरघरमा प्रत्येक व्यक्ति व्यक्तिमा यो कदमले देशलाई नोक्सान पुर्याएको कुरा बुझेको र नबुझेको भए कांग्रेस र काङ्ग्रेसका भातृ सगठन नेविसंघले बुझाउन तयार रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?