प्रधानमन्त्री ओलीले भने- ‘देश हाँक्ने यस्तो पार्टी बनाउन खोजेको थिएँ तर…’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लेफ्ट पार्टीहरु जोडेर देशको लागि काम गर्ने शक्ति निर्माण गर्न खोजेपनि आफू सफल हुन नसकेको बताएका छन् ।

बिहीवार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

आफूले लेफ्ट पार्टीहरुलाई जोडेर देश हाँक्ने शक्ति बनाउन खोजेको तर पार्टीभित्र आफ्नो स्वार्थका लागि काम गर्ने शक्ति हावी भएका कारण त्यस्तो सम्भव नभएको जिकिर गरे ।

“मैले प्रयास गरेको थिएँ । लेफ्ट पार्टीहरु जोडेर देशको सार्वभौमिक माथि पुर्यावस भनेर । मैले त्यस्तो पार्टीको परिकल्पना गरेको थिए । लिडरसिपको यस्तो पार्टी खडा गर्न खोजेको थिए । तर देश हाँक्ने होइन देशको निम्ति मर्ने होइन । आफन्तका निम्ति मर्ने मानिसहरु पो आएछन् ।” प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ब्यांग्य गर्दै प्रधानमन्त्री ओलीले छोरी ज्वाँइलाई बनाउन तर्फ लागेको आरोप लगाएका छन् । एक जनाले मलाई जवाफ दिए । “केपी ओलीका त छोराछोरी छैनन् मेरा त छोरीहरु छन् ज्वाइहरु छन् । छोरीहरुलाई मेयर बनाउनै पर्यो भनेर साथीहरु लाग्नुभयो ।” उनले भने ।

विश्वमा तीव्र रुपमा विकास भइरहेको सूचना प्रविधिको उदाहरण दिँदै आफू दुईपटक सम्म पनि किड्नी फेरेर हिडन सकेको उदाहरण दिए । दुई पटक किड्नी फेरेर चारवटा किट्नी लिएर बोलिरहेको मान्छे मै हुँ । उनले भने- “इजरायलका एकजना व्यक्तिले आफ्नो ५ वटा किड्नी लिएर काम गरिरहेका छन् । आफ्नो पहिलेको २ वटा किड्नीसहित ७ वटा किड्नी भए । भन्न खोजेको के हो भने प्रविधिको कारण सबै कुरा सम्भव भयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?