११ वर्षीया छोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । रुपन्देहीमा आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गर्ने बावु पक्राउ परेका छन् । आफ्नै ११ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटबल उपमहानगरपालिका-११ मजुवा बस्ने ३३ वर्षीय पुरुषलाई बुधवार प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई गत बिहीवार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?