१३ बलमै पवनको अर्धशतक, बनाए राष्ट्रिय कीर्तिमानी

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवका पवन सरार्फले १३ बलमै अर्धशतक प्रहार गरेका छन् । योसँगै, उनले राष्ट्रिय कीर्तिमानी बनाएका हुन् ।

पुलिस क्लवबाट पवनले लुम्बिनी प्रदेशविरुद्ध १३ बलमै अर्ध शतक प्रहार गर्दै नेपाली राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरेका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?