मृत्युपछि सुशान्तको पहिलो जन्मतिथि : कंगनाले लेखिन्-‘सबैले मिलेर सुशान्तलाई मारे’

काठमाडौं । बलिउड स्वर्गीय अभिनेता सुशान्त सिंह राजपूतकोआज मृत्युपछिको पहिलो जन्मतिथि हो ।

यसैबीच बलिउड अभिनेत्री कंगना रनौतले नेपोटिज्मको मुद्दा उठाएकी छन् ।

उनले आफ्नो सोसल मिडियामा यशराज फिल्म्स, करण जौहर र महेश भट्टको नाम मेन्शन गर्दै लेखेकी छन्, ‘सबै मिलेर सुशान्तलाई मारे ।’

उनले लेखेकी छन्, ‘प्रिय सुशान्त, मूभी माफियाले तिमीलाई प्रतिबन्ध गरायो, तिमीलाई समस्या खडा गरिदियो, तिम्रो शोषण गर्यो, सोसल मिडियामा तिमीले धेरै पटक सहयोग मागेउ, र मलाई पछुतो लागेको छ कि, म त्यो बेला त्यहाँ थिइन, कास मैले यो मानेकी थिएँ भने तिमी यति मजबुत बन्थ्यौ कि, आफ्नै दममा माफियाको प्रताडनाको सामना गर्न सक्थ्यौ ।’

उनी यत्तिकैमा रोकिइनन्, उनले थपिन्, ‘कहिल्यै नभुलौँ, मृत्युभन्दा पहिले सुशान्तले सोसल मिडियामा लेखेका थिए कि मूभी माफियाले उनलाई फिल्म इण्डस्ट्रीबाट निकाल्न खोजिरहेको छ, उनले फलोअर्ससँग आफ्नो फिल्म सफल बनाउन सहयोग मागेका थिए,उनले एक अन्तर्वार्तामा नेपोटिज्मको बारेमा कुरा गरेका थिए, उनको ब्लकबस्टर फिल्मलाई फ्लप भनिएको थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?