चन्द्रपुरको पोस्टमा एपीएफले वर्षायो आधा दर्जन गोल, साम्बाको ह्याट्रिक

लोकपथ
0
Shares
फाइल तस्वीर

काठमाडौं । एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा जित हात पारेको छ । बिहीवार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६-० गोल अन्तरले हराउँदै एपीएफले जित हात पारेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपिन् ।

खेलको १४ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । खेलको २२ औं मिनेटमा एपीएफले अग्रता दोब्बर बनायो । खेलको ६२ औं मिनेटमा सावित्राले दोस्रो गोल गर्दै एपीएफलाई ३-० को अग्रता दिलाईन् ।

खेलको ६४ औं मिनेटमा चौंथो गोल कप्तान अनिताले गरिन् । खेलको ७३ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गर्दा एपीएफ ५-० ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा डेब्यु खेलाडी प्रिती राईले गोल गरेपछि एपीएफले ६-० को फराकिलो जित निकाल्यो ।

जितसँगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?