राष्ट्रपति बने लगत्तै बाइडेनको एक्शन : ट्रम्पका यी सम्झौता खारेज गरे

काठमाडौं । जो बाइडेन बुधवार अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन् । पदभार सम्हालेको केहि समयपछि नै उनले एक्शन लिएका छन् । उनले १७ वटा एग्जीक्यूटिभ अर्डरमा हस्ताक्षर गरेका छन् ।

सबैभन्दा पहिले उनले मास्क लगाउनै पर्ने अर्डरमा साइन गरेका छन् । पहिलो पटक राष्ट्रपति कार्यालय पुगेर उनले मिडियासँग आफूले केहि काम गर्न बाँकी रहेको र त्यसैले आफू त्यहाँ आएको बताएका छन् ।

उनले भने, ‘मसँग समय छैन, म समय नष्ट गर्दिन, तत्काल काम शुरु गर्न गइरहेको छु, मैले भनिसकेको छु कि अबको सात दिनमै म एग्जीक्यूटिभ अर्डरमा साइन गर्नेछु ।’

राष्ट्रपति बने लगत्तै उनले कोरोना भाइरस, ७ मुस्लिम देश इराक, ईरान, लीबिया, सोमालिया, सूडान, सीरिया र यमनमा लागेको यात्रा प्रतिबन्ध हटाएका छन् ।

त्यस्तै उनले अब अमेरिका विश्व स्वास्थ्य संगठनको सदस्य रहनेमा पनि हस्ताक्षर गरेका छन् ।

अमेरिका अब फेरि पेरिस सम्झौतामा सामेल हुनेछ । त्यस्तै बाइडेनले मेक्सिको बोर्डरको फण्डिंगमा पनि रोक लगाइदिएका छन् ।

त्यस्तै अमेरिकाले क्यानडासँग विवादित रहेको कीस्टोन एक्सएल पाइपलाइन सम्झौतामा तत्कालका लागि रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?