पुस महिनामा बैंकहरुको प्रगति विवरण : कसको कति कारोबार ?

लोकपथ
0
Shares

काठमाडौँ – गत वर्षको फागुन महिनादेखि कोरोना भाइरस ‘कोभिड – १९’ को प्रभाव तिव्र रुपमा परेपनि बैंकहरुले भने सन्तोषजनक कारोबार गरेका छन् ।
बैंकहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्म सञ्चालनमा रहेका कुल २७ वटा बैंकहरुको कारोबार समग्रमा सन्तोषजनक देखिएको छ । नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांक अनुसार पुषसम्म बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् भने ३२ खर्ब ४४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यस्तो बैंकको कारोबार :
प्रभु बैंक
प्रभु बैंकले पुस समान्तसम्म ३३ अर्ब ७१ करोड रुपैयाँले निक्षेप थप गरेको छ । यस अवधीमा बैंकले १ खर्ब ७० अर्ब २३ करोड रुपैयाँ निक्षेप पु-याएको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ३६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले पुस मसान्तमा २६ अर्ब २८ करोड रुपैयाँ कर्जा थप गरेको छ ।

बैंकले यस अवधीमा १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंक गत असार मसान्तमा १ खर्ब २४ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी गरेका थियो ।

ग्लोबल आइएमई बैंक :
ग्लोबल आइएमई बैंकले पुस मसान्तमा २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुस मासान्तमा कर्जा लगानी २ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुर्‍याएको छ । गत असार मसान्तमा बैंकको कर्जा लगानी १ खर्ब ९९ अर्ब ९९ करोड रुपैयाँ थियो ।

एनएमबि बैंक :
एनएमबी बैंकले पुस मसान्तसम्म १ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तमा १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तमा बैंकले १ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको गरेको थियो ।

नेपाल बैंक :
नेपाल बैंकले पुस मसान्तमा १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै,बैंकले पुष मसान्तसम्म १ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत पुर्याएको छ । गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

प्राइम बैंक :
प्राइम बैंकले चालू आर्थिक वर्षको पुससम्ममा १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै पुस मसान्तमा १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तमा बैंकको लगानी १ खर्ब १४ अर्ब ९५ करोड रुपैयाँ थियो ।

सेञ्चुरी बैंक :
सेञ्चुरी बैंकले पुस मसान्तसम्म निक्षेप ८६ अर्ब २५ करोड रुपैयाँ पुर्‍याएको छ । बैंकले यस अवधीमा १५ अर्ब ८९ करोड रुपैयाँले निक्षेप थपेको हो । बैंकले गत असार मसान्तमा ७० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म ७२ अर्ब ३ करोड रुपैयाँ कर्जा लगानी पु-याएको छ । बैंकले यस अवधीमा १० अर्ब ९२ करोड रुपैयाँ कर्जा थप गरेको हो । बैंक गत असार मसान्तमा ६१ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सिटिजन्स बैंक  :
सिटिजन्स बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्म १ खर्ब ७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९१ अर्ब ५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत असार मसान्तको भन्दा १५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप तथा ९ अर्ब ८० करोड रुपैयाँ कर्जा थप गरेको हो ।

माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले पुस मसान्तसम्म १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ पुर्‍याएको छ । गत असार मसान्तसम्म बैंकको निक्षेप १ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै,बैंकले पुस मासान्तमा १ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत असार मसान्तमा ९४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

सिद्धार्थ बैंक :
सिदार्थ बैंकले पुस मसान्तमा १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तसम्म १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले यस अवधीमा १ खर्ब ४४ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत असार मासन्तमा १ खर्ब २७ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

एभरेष्ट बैंक :
एभरेष्ट बैंकले पुस मसान्तमा १ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा बैंकले १ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, पुस मसान्तमा १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकले गत असार मसान्तमा १ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंक अफ काठमाण्डू :
बैंकले पुस मसान्तमा ९५ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा बैंकले ९३ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुस मसान्तमा ९१ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो भने गत असार मसान्तमा ८२ अर्ब ७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
नबिल बैंक :
नबिल बैंकले पनि चालू आर्थिक वर्षको पुससम्म राम्रो प्रगति गरेको छ । नबिलले पुस मसान्तमा २ खर्ब ३ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तमा १ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने गत असार मसान्तमा १ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

लक्ष्मी बैंक : 
लक्ष्मी बैंकले पुस समान्तसम्ममा पुस मसान्तमा १ खर्ब ६ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब १ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले पुस मसान्तसम्ममा पुस ९५ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असार मसान्तमा बैंकको लगानी ९० अर्ब ९० करोड रुपैयाँ थियो ।

हिमालयन बैंक : 
पुस मसान्तमा हिमालय बैंकले १ खर्ब ३८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा बैंकले १ खर्ब ३१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुससम्ममा १ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

सानिमा बैंक :
सानिमा बैंकले पुस मसान्तमा आइपुग्दा बैंकले १ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा सानिमाले १ खर्ब १० अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुस मसान्तमा १ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो भने गत असार मसान्तमा ९३ अर्ब २९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो

कृषि विकास बैंक :
कृषि विकास बैंकले पुस मसान्तमा १ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा कृषि विकास बैंकले १ खर्ब ४३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुस मसान्तमा १ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंक :
इन्भेष्टमेन्ट बैंकले पुस मसान्तमा १ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असार मसान्तमा इन्भेष्टमेन्ट बैंकले १ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै,बैंकले पुस मसान्तमा १ खर्ब ४७ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
कुमारी बैंक :
कुमारी बैंकले पुस मसान्तमा १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा बैंकले १ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुस मसान्तमा १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने गत असार मसान्तमा १ खर्ब १५ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
सनराइज बैंक :
पुष समान्तसम्ममा सनराइज बैंकले १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । गत असारसम्म बैंकले ९४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
बैंकले बैंकले पुस मसान्तमा ८९ अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने । गत असार मसान्तमा ८३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक :
पुस मसान्तमा राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत असार मसान्तमा बैंकले २ खर्ब ३२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै,बैंकले पुस मसान्तमा १ खर्ब ७४ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने गत असार मसान्तमा १ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

मेगा बैंक :
मेगा बैंकले पुस मसान्तमा १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत असार मसान्तमा बैंकले १ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै,बैंकले पुस मसान्तमा १ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने गत असार मसान्तमा १ खर्ब १३ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

नेपाल बंगलादेश बैंक :
नेपाल बंगलादेश बैंकले पुस मसान्तमा निक्षेप घटाएर ७२ अर्ब ८४ करोड रुपैयाँमा सीमित गरेको छ । गत असार मसान्तमा नेपाल बंगलादेश बैंकले ७३ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै, बैंकले पुस मसान्तमा ६२ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो भने गत असार मसान्तमा ६१ अर्ब ३७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंकले पुस मसान्तमा निक्षेप घटाएर ८६ अर्ब ८३ करोड रुपैयाँमा सीमित गरेको छ । गत असार मसान्तमा बैंकले ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस बैंकले पनि निक्षेप घटाएको छ । त्यस्तै,बैंकले पुस मसान्तमा ५५ अर्ब ९८ करोड रुपैयाँमा कर्जा लगानी गरेको छ । बैंकले गत असार मसान्तमा ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकले गत असारको तुलनामा निक्षेप र कर्जा दुबै घटाएको छ ।

नेपाल एसबिआई बैंक :
नेपाल एसबिआई बैंकले पुस मसान्तमा आइपुग्दा १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले गत असरको तुलनामा निक्षेप घटाएको छ । गत असार मसान्तमा नेपाल एसबिआर्इ बैंकले १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यूतै,बैंकले पुस मसान्तमा कर्जा लगानी ९२ अर्ब ८९ करोड रुपैयाँमा गरेको छ । गत असार मसान्तमा बैंकको कर्जा लगानी ९४ अर्ब ३१ करोड रुपैयाँ थियो । यस बैंकले निक्षेपका साथै कर्जा लगानी पनि घटाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?