एपीएफलाई १ सय ७ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले एपीएफलाई जितका लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको गण्डकीले ४६ ओभरमा अलआउट हुँदै १ सय ६ रन बनाएको थियो । गण्डकीका लागि समिर कँडेलले सर्वाधिक ३६ रन बनाए । यस्तै बिष्णु पाण्डे र दिपेश खत्रीले १५-१५ रन बनाए ।

दिनेश बुढामगरले १२ रन बनाए । एपीएफका लागि कमल ऐरीले ४ विकेट लिए । अविनास बोहोरा र शरद भेषवाकरले २र२ विकेट लिए । यस अघि एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई हराएको थियो । समूह ए को एपीएफले १ खेलमा २ अंक जोडेको छ ।

एपीएफ तालिकाको दोस्रो स्थानमा रहेको छ । गण्डकी प्रदेश भने दोस्रो जितको खोजीमा रहेको छ ।

गण्डकी ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?