बाइडेनको शपथ ग्रहण समारोहबाट किन हटाइयो १२ सैनिक ?

काठमाडौं । अमेरिकी संसदमा गत ६ जनवरीमा भएको हिंस्रक हमलापछि वाशिङटन डिसीमा कडा सुरक्षा कडा बनाएको थियो । उक्त हमलामा ५ जनाको ज्यान गएको थियो ।

हिंसापछि राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा पनि हिंशा हुन सक्ने आशंका गर्दै सुरक्षा व्यवस्था कडा बनाइयो । तर शपथ ग्रहणभन्दा ठीक केहि समय पहिला मात्रै अमेरिकी सैनिकबाटै बाइडेन असुरक्षित रहेको आशंका गर्दै १२ जवानलाई शपथ ग्रहण समारोहबाट हटाइएको हो ।

वाशिङटनमा बाइडेनको सुरक्षाका लागि २५ हजार सैनिक तैनाथ गरिएको थियो ।

यी सैनिकमध्ये २ जनाले बुधवार शपथ ग्रहण समारोहलाई लिएर उक्साउने किसिमको बयान दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?