शपथ ग्रहणमा नगएका ट्रम्पले बाइडेनलाई छोडे ‘नोट’

काठमाडौं । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा सहभागी बनेनन् ।

उनी १५१ वर्षपछि अमेरिकी नयाँ राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा नजाने पहिलो राष्ट्रपति हुन् । बाइडेनको शपथ ग्रहण भन्दा पहिले नै उनले ह्वाइट हाउस छोडिसकेका थिए ।

उनले फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै ह्वाइट छोडेर निस्किए । जाँदाजाँदै उनले बाइडेनलाई एक नोट पनि छोडे ।

त्यसमा लेखिएको थियो भन्ने बारेमा अहिले खुलासा भइसकेको छैन ।

त्यस्तै नि वर्तमान उपराष्ट्रपति माइक पेन्सले पनि उपराष्ट्रपतिलाई नोट छोडेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?