शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ

काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मोरङका जिल्ला इन्चार्ज हातहतियारसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३२ वर्षीय डिबि सिलवाल भन्ने धनबहादुर विक रहेका छन् ।

उनलाई मोरङको बूढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीमाथि गत मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप समेत रहेको छ । श्रेष्ठ हत्याको जिम्मा विप्लव समूहले लिएपनि हालसम्म कोहि पनि पक्राउ परेका थिएनन् ।

प्रहरीले पक्राउ परेका विकको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद गरेको छ ।

त्यस्तै उनको साथबाट विभिन्न नम्बरका मोबाइल फोनसहित मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?