काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण कार्यक्रममा तीन पूर्व राष्ट्रपति पुगेका छन् ।
पूर्व राष्ट्रपति बराक ओबामा श्रीमती मिशेल ओबामाको साथमा सबैभन्दा पहिला पुगेका थिए ।

त्यसपछि पूर्व राष्ट्रपति बिल क्लिन्टन श्रीमती हिलेरीसँग पुगेका थिए ।

त्यस्तै केहि समयपछि पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुश पनि श्रीमती लारा बुशसँगै पुगेका थिए ।

नि: वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने समारोहमा सहभागी बनेनन् ।
यो १५१ वर्षपछि कोहि पनि राष्ट्रपति नयाँ राष्ट्रपतिको समारोहमा नगएको पहिलो पटक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया