निर्धारित समय भन्दा ११ मिनेट पहिले नै बाइडेनले राष्ट्रपतिको शपथ लिए

काठमाडौं । अमेरिकामा नयाँ सरकारको नेतृत्व शुरु भएको छ । हिजो (बुधवार) डेमोक्रेट जो बाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिएका छन् ।

योसँगै बाइडेन अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन् ।

उनी अहिले ७८ वर्षको भएका छन् ।

उनले निर्धारित समय भन्दा ११ मिनेट पहिले नै राष्ट्रपतिको शपथ लिएका थिए ।

१२८ वर्ष पुरानो बाइबलमा हात राखेर उनले राष्ट्रपतिको शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?