जर्मन बुन्डेसलिगा : बायर्न म्युनिखको कठिन जित

लोकपथ
0
Shares

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले कठिन जित हात पारेको छ । बुधवार राति भएको खेलमा बायर्नले आउग्सबर्गलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए ।

जितसँगै बायर्नले १७ खेलमा ३९ अंक जोडेको छ । बायर्नले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । आउग्सबर्ग १९ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?