काठमाडौं । जोसेफ आर बाइडेन जूनियर अर्थात् जो बाइडेन बुधवार राती अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति बनेका छन् ।
उनी ७८ वर्षका हुन् । कमला ह्यारिस पनि अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी छन् । ५६ वर्षकी ह्यारिसले यसका साथै इतिहास रचेकी छन् । उनी पहिलो महिला, अश्वेत उप राष्ट्रपति हुन् ।
बाइडेनले तोकिएको समयभन्दा ११ मिनेट पहिले नै राष्ट्रपतिको शपथ लिएका थिए । उनले १२८ पुरानो बाइबलमा हात राखेर शपथ लिए र अमेरिकाको ४६ औँ राष्ट्रपति बने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया