बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो । भने आज सुनको मूल्य तोलामा ६ सयले बृद्धि भइ प्रतितोला सुन ९३ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९२ हजार ६ सय रहेको छ ।

बुधवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । बुधवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो भने आज मूल्य बृद्धि भइ सुनको मूल्य १२ सय ७५ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?