१० लाख डोज कोरोनाविरुद्धको खोप लिएर नेपाल उड्यो एयर इन्डियाको जहाज

काठमाडौं । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप लिएर एयर इन्डियाको जहाज नेपालतर्फ उडेको छ ।

बिहीवार (आज) बिहान ट्वीट गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालका लागि १० लाख डोज खोप लिएर भारतबाट जहाज उडेको जानकारी दिएका हुन् ।

भारतले नेपालसहित विभिन्न छिमेकी मुलुकलाई कोरोना विरुद्धको खोप अनुदानको रुपमा उपलब्ध गराउने घोषणा गरेको थियो ।

बुधवार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदेयश त्रिपाठीले भारतले नेपाललाई १० लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउँने जानकारी गराएका थिए ।

स्वास्थ्यमन्त्री त्रिपाठीले नेपालमा खोप व्यवस्थापनका लागि सम्पूर्ण तयारीहरु पूरा भएको र प्राथमिकताका आधारमा उपलब्ध गराउने जानकारी दिए ।

उक्त कार्यकममा नेपालका लागि भारतका लागि नेपालका राजदूत विनयमोहन क्वात्रा लगायत उच्च अधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?