ओप्रा विन्फ्रेका २० प्रेरक भनाइहरु

काठमाडौं । ओप्रा विन्फ्रेको जन्म जनवरी २९, १९५४ मा मिसिसिपीको एक विकट गाउँमा भएको हो । उनकी आमा अर्काको घरमा काम गर्थिन् भने बुवा हजम थिए ।

उनको बाल्यकाल चरम गरिबीमा बितेको थियो । ९ वर्षको उमेरमा उनी आफ्नै दाजुद्वारा बलात्कृत भइन् । आफुसँग के भयो भनेर थाहा नै नपाउने उमेरकी विन्फ्रेलाई उनका बलात्कारी दाजुले बलात्कार गरिसकेपछि आईसक्रिम किनिदेको कुरा उनले एक अन्तर्वार्तामा बताएकी थिइन् ।

‘मलाई आईसक्रिम दोकानमा लग्यो, मेरो खुट्टाबाट तरर रगत चुहिँदै थियो, उसले मलार्ई आईसक्रिम किनिदियो,’ । उनले भनेकी थिइन् । १० देखि १४ वर्षको उमेरसम्म उनले आफ्नै अंकल, दाजु, नातेदार बाट शारीरिक दुव्र्यवहार भोग्नुपर्यो । यति मात्र नभएर १४ वर्षको कलिलोे उमेरमा उनी गर्भवती पनि भइन् ।

दुर्भाग्यवश उनको बच्चाको जन्मनासाथ मृत्यु भएको थियो । तर ‘ओप्रा विन्फ्रे’ले त्यहि कमजोरीलाई शाहसमा बदल्न सफल भईन् ।

यस्ता छन् उनका प्रेरक भनाइहरु

१.जब तपाईँले आफ्नो कामलाई कम मुल्यांकन गर्नुहुन्छ,तब संसारले पनि तपाईँलाई कम महत्व दिन्छ ।

२.वर्तमानमा राम्रो गर्नु भनेको भविष्यमा राम्रो ठाउँमा पुग्नु हो ।

३.आफूसँग भएको कुरामा सन्तुष्ट हुनुहोस्,तपाईले अझै कहि पाउनुहुन्छ । तर आफूसँग नभएको कुरामा ध्यान राख्नुभयो भने तपाँईलाई केहि मिल्दैन ।

४.आफ्नो पीडालाई बुद्धिमा बदल्नुहोस् ।

५.तपाँई सबैथोक गर्न सक्नुहुन्छ तर एकैपटकमा होइन् ।

६.जीवनमा सबैभन्दा कठिन काम भनेको कुन पुल तर्ने र कुन पुल जलाउने भन्ने हो ।

७.जुन चीजसँग तपाँईलाई डर लाग्छ त्यसको कुनै शक्ति हुँदैन ।

८. सत्यको सामना गर्दा तपाँई स्वतन्त्र हुनुहुनेछ ।

९.आफूलाई उच्च स्थानमा लान चाहाने मानिसहरुलाई मात्र आफ्नो वरिपरी राख्नुहोस् ।

१०.साँचो क्षमा तब हुन्छ जब तपाँई त्यो अनुभवको लागि धन्यवाद भन्न सक्नुहुन्छ ।

११.तपाँईले जीवनमा कुन-कुन कुरा माग्न हिम्मत गर्नुहुन्छ त्यो अवस्य नै पाउँनुहुन्छ ।

१२.अवसरले मात्र एकपटक ढक्ढकाउँछ,लोभलालच त तपाँईको ढोकामै टाँसिएर बसेको हुन्छ ।

१३.अगाडि बढेर सतहसम्म झर, तबमात्र तिमीलाई संसार धेरै फरक छ भन्ने कुराको जानकारी मिल्छ ।

१४.आफ्नो जिन्दगीमा उठाउन सक्ने सबैभन्दा रोमाञ्चक यात्रा भनेको चाहेको जीवन जिउँनु नै हो ।

१५.जीवनमा जे घट्छ, त्यसको कुनै कारण पक्कै हुन्छ ।

१६.तिमीलाई जे गर्न आउँदैन त्यहि गर ।

१७.असफल बन, तर प्रयास गर्न नछोड,दोश्रो पटक अनुभव र झनै मिहेनतले गर ।

१८.तिमी जे चाहान्छौ त्यो बदैनौ,बरु जे मा विश्वास राख्छौ त्यहि बन्छौ ।

१९.तिम्रा हरेक अनुभवका साथ तिमीले आफ्नो जीवनको क्यानभाषमा रंग पोतिरहेका छौ । हरेक एक विचार र हरेक एक रोजाईका साथ ।

२०. आफूसँग जे छ त्यसप्रति कृतज्ञ हौ, त्यसको दोब्बर पाउने छौ । आफूसँग जे छैन त्यसमा ध्यान दियौ भने पाउनु पर्ने जति नि पाउने छैनौ ।

यो पनि

९ वर्षको उमेरमा बलात्कृत खर्बपति ‘ओप्रा विन्फ्रे’को भोगाई र प्रेरक भनाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?