निर्वाचन आयोगलाई महाभारत, निर्णयबिहीन बन्यो

लोकपथ
0
Shares

नेकपाको दुबै पक्षले पार्टीमा गरेको हेरफेरको विवरण अद्यावधिकका लागि दिएको निवेदनउपर आयोगले अझैसम्म केही निर्णय लिएको छैन । आयोगले पुस २३ गते दुबै पक्षलाई ७ दिनको समय दिएर थप स्पष्टताको लागि पत्र पठाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्षले पुस २९ मा आयोगलाई जबाफ पठाएका थिए । आयोगलाई पठाएको जबाफमा दुबै पक्षले आफ्नो समूहले बोलाएको केन्द्रीय कमिटी बैठक र त्यसले गरेको निर्णय वैधानिक रहेको दावी गरेका छन् ।

दुबैले आफ्नो पक्षको निर्णयलाई आधिकारिक मान्न र त्यसैअनुसारको विवरण दल दर्ता किताबमा अद्यावधिक गरिदिन मागदावी गरेका छन् । दुबै पक्षबाट जबाफ आएको साता नाघिसकेपनि आयोगले निर्णय गर्न नसकेको खबर कान्तिपुरमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?