मौसम बदली हुने, उच्च हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । अहिले प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानहरुमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका धेरैजसो भू-भागमा बादल लाग्ने भएकाले राम्रोसँग घाम नलाग्ने महाशाखाले जनाएको छ ।

यसैगरी आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले आज उच्च हिमाली भू-भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेको समेत औँल्याएको छ ।

आज राती प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?