पदभार ग्रहण लगत्तै बाइडेनले उल्टाए ट्रम्पको निर्णय

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प प्रशासनका केही महत्वपूर्ण नीतिलाई उल्ट्याएका छन् । शपथ ग्रहण गरेको केही घण्टापछि नै बाइडेनले १५ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेर कामको थालनी गरेका हुन् । ती मध्ये कतिपय आदेशले ट्रम्प प्रशासनको निर्णय उल्ट्याइदिएको छ ।

उनले आफ्नो पहिलो कार्यकारी आदेश अनुसार सबै अमेरिकीलाई कोभिड–१९ का लागि मास्क लगाउन अनिवार्य गरिदिएका मात्रै छैनन् पेरिस जलवायु सम्झौतालाई अमेरिकामा पुनः समावेश पनि गरेका छन् ।

बाइडेनले जारी गरेका अन्य आदेशहरूले विगतमा ट्रम्प प्रशासनले आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिने अन्तर्राष्ट्रिय सञ्चामाध्यमले जनाएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?