नवनिर्वाचित राष्ट्रपति बाइडेनको शपथग्रहणमा लेडी गागाले गीत गाउने

काठमाडौँ- अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ बुधवार हुँदैछ । अबको केही घण्टामा अमेरिकी मुख्य न्यायाधीश जोन जी रोबर्टले उनलाई पद तथा गोपनियताको शपथ दिलाउने छन् ।

त्यसपछि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जसमा उनले राष्ट्रपतिमा आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवादका साथै आफ्नो योजनाहरु संक्षिप्तमा राख्ने बताइएको छ । त्यसपछि उनलाई सैन्य टुकगीले सम्मान गर्नेछ ।

यस्तै गायिका लेडी गागाले राष्ट्रिय गीत गाउने कार्यक्रम पनि रहनेछ भने अन्य सांगितिक प्रस्तुती समेत राखेर शपथ समारोहलाई थप भव्य बनाइँदैछ । त्यसपछि ह्वाइट हाउसतर्फ लाग्नेछन् ।

शपथ ग्रहण समारोहमा डोनाल्ड ट्रम्पको सहभागिता रहनेछैन । उनको साटो उपराष्ट्रपति माइक पेन्स सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?