ट्रम्पले छाडे ह्वाइट हाउस

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् । उनी बुधबार साँझ आफ्नो निवास फ्लोरिडा सरेका हुन् । बिदाइ सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिए ।

सम्बोधनका क्रममा ट्रम्पले आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरुको बीच फर्किनेछु।

ट्रम्पले नयाँ राष्ट्रपति जो बाइडेनलाई बधाइ दिँदै आफूले बाहिरबाटै सरकारको कामबारबाहीबारे निगरानी गर्ने प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?