नेपाल आईपुग्दै कोरोनाविरुद्धको खोप, सबैभन्दा पहिला कसलाई दिईन्छ ?

लोकपथ
0
Shares

काठमाडौं – भारत सरकारले नेपाललाई दिएको १० लाख डोज कोरोना भाइरस ‘कोभिड-१९’ विरुद्धको भ्याक्सिनको पहिलो लट भोलि नेपाल आईपुग्दै छ ।

स्वास्थ्य मन्त्रालयमा आज (बुधबार) गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसबारे जानकारी दिँदै खोप भोली (बिहीबार) काठमाडौं आइपुग्ने बताएका हुन् । भारतले अनुदानमा उपलब्ध गराएको खोप पहिला कसले पाउँछन् भन्ने धेरैसँग जिज्ञाशा छ । पहिलो चरणको खोप नेपालको जनसंख्याको ३ प्रतिशतलाई लगाइनेछ।
स्वास्थ्यमन्त्री  त्रिपाठी भन्छन् :
१. सरसफाईकर्मी
२. चिकित्सक
३. एम्बुलेन्स चालक
४. शव व्यवस्थापनमा खटिएकाहरु
५. सुरक्षाकर्मी
६. जोखिममा रहेकाहरु
मन्त्री त्रिपाठीका अनुसार बाँकी रहेको खोप जोखिम रहेका अन्य जनसंख्यालाई दिइनेछ। बाँकी खोप खरिद प्रक्रिया पनि अब छिट्टै अगाडी बढाउने समेत उनले बताए।

कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने नेपाल सरकारो तयारी छ। उनले थपे, ‘बाँकी रहेमा कोभिडसँग संघर्ष गरेका अन्य योद्धाहरुलाई दिईनेछ । क्रमश सबैमा पहुँच पुर्‍याउनेछौँ ।’

उनका अनुसार खोप ल्याउने सबै तयारी पूरा भइसकेको छ। उनले यो सहयोग नेपाल र भारतबीच मित्रताको एउटा अनुपम उदाहरण भन्दै भारत सरकारलाई धन्यवाद समेत दिए।

नेपाल लगायत भूटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई कोभिड-१९ विरुद्धको खोप अनुदान सहायता स्वरुप उपलब्ध गराउने घोषणा गरेको भारतले नेपाललाई १० लाख डोज भ्याक्सिन उपलब्ध गराउन लागेको हो ।

हेर्नुहोस् भिडियोमा : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?