अमेरिकाका नव निर्वाचित राष्ट्रपति बाइडेनले कति लिन्छन् तलब ?

काठमाडौं । अमेरिकामा आज जो बाइडेनले ४६ औँ राष्ट्रपतिको रुपमा शपथ लिँदैछन् । आज राती नेपाली समयानुसार १०ः४५ बजे उनको शपथ ग्रहण कार्यक्रम रहेको छ ।

जसपछि उनी विश्वकै सबैभन्दा शक्तिशाली देशको राष्ट्रपति बन्नेछन् । तर उनको स्यालर िकति होला त ? यो विषय सबैको लागि कौतुहलताको विषय हो ।

अमेरिकी कानूनको हिसावमा राष्ट्रपतिको वार्षिक स्यालरी चार लाख अमेरिकी डलर रहेको छ ।यो बाहेक हरेक वर्ष उनलाई ५० हजार डलर भत्ता मिल्छ ।

एक लाख डलरको नन ट्याक्सेबल ट्राभल पनि दिने गरिएको छ । त्यस्तै १९ हजार डलर मनोरञ्जनको लागि दिने गरिन्छ । राष्ट्रपतिको श्रीमतीलाई भने कुनै स्यालरी मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?