भारतले दिने १० लाख डोज कोरोनाविरुद्धको खोप बिहीवार काठमाडौं आइपुग्ने (भिडियो)

काठमाडौं– भारत सरकारले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदानमा दिने भएको छ ।

बुधवार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी भारतले नेपाललाई कोरोना विरुद्दको १० लाख डोज खोप अनुदान सहयोग गर्ने जानकारी दिईएको हो ।

मन्त्री त्रिपाठीले पहिलो चरणमा कोरोनाविरुद्दको खोप फ्रन्टलाइनमा खट्ने सरसफाईकर्मी, चिकित्सक, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न व्यक्ति, सुरक्षाकर्मी लगायतलाई दिईने बताए । खोपको लागि आवश्यक कानुनी, प्रशासनिक, आर्थिक तथा प्राविधिक सबै तयारी पुरा भइसकेको उनले जानकारी दिए ।

आवश्यक खोप बिहिवार नै काठमाडौं आइपुग्ने मन्त्री त्रिपाठीले जानकारी दिए । यति खोप मात्रै पर्याप्त नभएको भन्दै उनले बाँकि खोप नेपाल भित्राउन पनि खरिद प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । फ्रन्टलाइनमा खट्नेहरुलाई पहिलो चरणमा खोप दिएपछि क्रमश: अन्य जनसंख्यालाई खोप दिने मन्त्री त्रिपाठीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?