यूनाइटेड इन्स्योरेन्सको २६ औं साधारण सभा सम्पन्न, शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित

लोकपथ
13
Shares

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा वेविनार मार्फत होटल हिमालय कुपण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।

साथै, यूनाइटेड इन्स्योरेन्स कम्पनीले शेयर संरचना परिमार्जन गर्ने भएको छ । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व–साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो ।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ का लागीबाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्टलाई नियुक्त गरेको छ ।

कम्पनीको आ-व-२०७७/०७८ को वित्तीय विवरण अनुसार इन्स्योरेन्सको कुल बीमा शुल्क आम्दानी ४८ करोड ८० लाख रुपैयाँ रहेको छ । खुद बीमा शुल्क आम्दानी २३ करोड ०७ लाख रुपैयाँ रहेकोमा खुद नाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ । यस कम्पनीको लगानी गत आ।व। को तुलनामा ३.९३ प्रतिशतले वृद्धि भई आषाढ मसान्तमा ६९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । आ-व- २०७५/०७६ मा कम्पनीको कुल कारोवार गत आ-व- २०७४/०७५ को तुलनामा २.२५ प्रतिशतले वृद्धि भई ४८ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?