भर्चुअल शैक्षिक मेला शुरु

काठमाडौं । नेपाल एडुफेयर डटकमको ( nepaledufair.com )चौंथो भर्चुअल शैक्षिक मेला आज (बुधवार) देखि शुरु भएको छ । प्लस टु उत्तिर्ण गरि स्नातक तहमा पढ्ने तयारी गरेका विद्यार्थीलाई सहजीकरण गर्ने उद्देश्यले भर्चुअल शैक्षिक मेलाको आयोजना गरेको हो ।

नेपालएडुफेयर डटकमले आज (बुधवार) एक विज्ञप्ति जारि गर्दै शैक्षिक परामर्शका लागि बिद्यार्थी कलेज धाउनुपर्ने बाध्यतालाइ मध्यनजर गर्दै बिद्यार्थी , अभिभावक र कलेजलाई जोड्ने पुलका रुपमा सो मेला आयोजना गरिएको जनाएको छ । कोरोना महामारीले विश्व नै आक्रान्त पारिरहेको बेला भर्चुअल मेलाको बिकल्प नभएको र कोरोना आउनु अगाडी पनि विज्ञान र प्रविधिको युगमा यस्ता कार्यक्रम गर्ने गरेको जानकारी दिएको छ ।

मेलामा स्नातक तह अध्ययन अध्यापन गराउने उत्कृष्ट २० वटा कलेजको सहभागिता रहेको छ । प्रत्येक बर्ष शिलापत्र उज्जवल स्कलरपि अन्तर्गत विद्याथीलाई सतप्रतिशत छात्रवृत्ती प्रदान गर्दै आएको र यो वर्ष पनि स्नातक तहमा नौवटा बिषयमा र प्लस टु तहमा ३५ जना विद्यार्थीलाई पूण छात्रबृत्ती उपलब्ध गराउने जनाएको छ ।

एडु टक कार्यक्रम मार्फत प्रत्यक एक जनालाइ एउटा मोवाइल गिफ्ट साथै इ सेवाबाट ल्यापटप र nepaledufair.com भिजिट गरेर क्लिक गर्ने बित्तिकै ५० रुपैयाँ क्यास ब्याक पाइने छ । मेला २० गते सम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?