मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भन्दै १५ लाख ठगी गर्ने पक्राउ परेका छन् ।

पाँचखपन गाउँपालिका वडा नं ५ खमारे स्थाई घर भई हाल काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई मिति २०७७-१०-०६ गते काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।

 

उनलाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

थापाले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भि

सा लगाई अमेरिका लैजान्छु भनी पन्ध्र लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुले पछि उनलाई पक्राउ गरेको सूचना अधिकारी प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?