२०७७, ७ माघ बुधबार २३:१६

कंगनाको ट्वीटर अकाउण्टमा अस्थायी रोक


प्रकाशित मिति : २०७७, ७ माघ बुधबार २३:१६

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतको ट्वीटर अकाउण्टमा अस्थायी रोक लागेको छ ।

उनको अकाउण्ट बुधवारबाट अस्थायी रोक लागेको हो ।

उनले ट्वीटरका सीईओ ज्याकलाई ट्याग गर्दै लेखेकी छन्, ‘मानिसहरु अब उनीहरुका काका ज्याकसँग गुहार माग्न  गएका छन्, त्यहाँ गएर रुन थालेका छन्, मेरो अकाउण्ट अस्थायी रुपमा प्रतिबन्धित गराएका छन्, मेरो अकाउण्ट भर्चुअल आइडेन्टीटी जुन कुनै बेला पनि शहीद हुन सक्छ, तर मेरो रीलोडेड देशभक्त भर्जन फिल्मको माध्यमबाट फेरि फर्किनेछ ।’

प्रतिक्रिया दिनुहोस