घरघरबाट भेला भएर भोलिको आन्दोलनलाई प्रभावकारी बनाउन सभापति देउवाको अपील

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले माघ ८ गते बिहीवार (भोलि) देशभर वडास्तरीय प्रदर्शन गर्न लागेको छ । भोलिको वडास्तरीय प्रदर्शनमा ऐक्यवद्धता जनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले अपील गरेका छन् ।

बुधवार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भने- “के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु ।”

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले विरोध गर्दै आइरहेको छ ।

यसैक्रममा कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ ।

वडास्तरीय प्रदर्शनमा घरघरबाट सहभागिता जनाएर प्रभावकारी बनाउन आग्रह गरेका छन् ।

“अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।” सभापति देउवाले भने ।

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध नेपाली कांग्रेस एकमत समेत सभापति देउवाले बताएका छन् ।

साथै पार्टीको सबै तहका नेता तथा कार्यकर्ताहरुलाई भोलिको प्रदर्शनमा सहभागी हुँदै संसद विघटनको विरुद्ध ऐक्यवद्धता जनाउन आग्रह गरे ।

देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा भोलिको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु । “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?