नेपालको संविधान थारु भाषामा

गुलरिया, बर्दिया, १७ असोज ।नेपालको संविधान पश्चिमा थारु भाषामा प्रकाशन गरिएको छ ।प्राचीन सिर्जनशील आदिवासी समाज बर्दियाको अगुवाइमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको अनुमतिबाट संविधान प्रकाशन गरिएको हो ।नेपाली भाषामा रहेको नेपालको पहिलो संशोधित संविधान बाँसगढीस्थित ‘गुर्वावा एमएम’का प्रमुख एकराज चौधरीले अनुवाद गरेका हुन ।सिँचाइमन्त्री सञ्जयकुमार गौतम र पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो कृतिको आज विमोचन गरे । नेपालको संविधान थारु भाषामा प्रकाशन गर्न मन्त्रिस्तरीय बैठकले गत पुस १ गते निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?