प्रधानमन्त्री ओलीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिईएको प्रचण्डको त्यो भाषण (भिडियो)

काठमाडौँ– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिए।

प्रचण्डले आफू युद्धको कमाण्डर भएको भन्दै कठोर हुनुपर्ने समय आए प्रतिगमनकारीलाई भित्तामा पुर्‍याइदिने चेतावनी दिएका हुन् । उनले भने, ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइँ सकिनुभयो। म युद्धको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

प्रचण्डले प्रधानमन्त्री ओलीले राजाकै भाषा प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको आरोप समेत लगाउँदै थपे, ‘केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद विघटन गरे त्यहिँ दिनदेखि केपी ओलीको हातमा केही छैन।’

उनले आफैँले प्रधानमन्त्री बनाएको पार्टीकै मान्छेले आफैँले जन्माएको बच्चाको संविधानको हत्या गर्न लागेकाले त्यसलाई रोक्न आन्दोलन गर्नु परेको बताए।

प्रस्तुत छ, प्रचण्डको उक्त सम्बोधन समेटिएको भिडियो सामग्री  

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?