यमन : सेना र हुथी विद्रोहीबीच भएको झडपमा २३ जनाको मृत्यु

काठमाडौं । यमनको होदिदाह शहरमा भएको यमनी सेना र सरकारविरुद्ध हुथी मिलिशियाबीचकोझडपमा २३ लडाकूको ज्यान गएको छ ।

सैन्य सूत्रले यसको जानकारी गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

विद्रोहिहरु सैन्य क्षेत्रमा घुसपैठ गर्न थालेपछि झडप भएको बताइएको छ ।

यमनमा केहि वर्ष यता गृहयुद्ध जारी छ । सरकारविरुद्ध हौती विद्रोही लगातार युद्धमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?