गृहराज्य छोड्दै गर्दा छोरालाई सम्झिएर भावुक बने बाइडेन

काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आज अमेरिकाको ४६ औँ  राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दैछन् ।

उनी डेलावेयरबाट निजी विमानमा वाशिङटन डिसी गएका छन् । वाशिङटन डिसी जाँदै गर्दा उनले आफ्ना छोरालाई सम्झिँदै भावुक बनेका छन् । गृहराज्य छोड्दै गर्दा उनी भावुक बनेका थिए ।

उनले ग्हराज्यबासीलाई धन्यबाद दिएका थिए । त्यसैक्रममा उनले २०१५ मा ब्रेन क्यान्सरका कारण ज्यान गुमाएका छोरा ब्यू बाइडेनलाई सम्झिँदै भावुक बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?