२०७७, ७ माघ बुधबार १५:११

ट्रम्पले पठाएनन् सरकारी विमान : निजी विमान चढेर वाशिङटन डिसी पुगे बाइडेन


प्रकाशित मिति : २०७७, ७ माघ बुधबार १५:११

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट राष्ट्रपति रहने छैनन् ।

उनी नेपाली समयानुसार राती १०ः४५ बजे बाइडेनले ४६ औँ अमेरिकी राष्ट्रपतिको रुपमा शपथ लिएलगत्तै उनी नि वर्तामान राष्ट्रपति बन्नेछन् ।

यसैबीच राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडेनलाई लिन विमान नपाठाएपछि राष्ट्रपति इलेक्ट बाइडेन निजी विमान बोइङ ७३७ मा वाशिङटन डिसी पुगेका छन् ।

बाइडेनलाई गृहराज्य डेलावेयरबाट वाशिङटन डीसी आउन सरकारी विमान नपठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस