तीन मिनेट बसेर सकियो प्रदेश १ को प्रदेश सभा बैठक

काठमाडौं । बुधवार (आज) बाट शुरु भएको प्रदेश नं १ को हिँउदे अधिवेशनको पहिलो बैठक केही बेर मात्रै बसेर सकिएको छ ।

बुधवार बसेको बैठकमा सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।

बैठक शुरु भएको करिब ३ मिनेटमा नै सभामुखले बैठक सकिएको जानकारी गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई पक्षले उक्त बैठकमा एक अर्काविरुद्ध खरो रुपमा उत्रिने तयारी गरेका थिए । हिउँदे अधिवेशन शुरु हुने दिन दलका नेताहरुले सम्बोधन गर्ने व्यवस्था रहेको छ । तर दुई पक्षले आक्रामक रुपमा प्रस्तुत हुने बुझिएपछि कार्यव्यवस्था परामर्श समितिले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?