ट्रम्पको विदाई भाषण : ‘बिना कुनै युद्ध दशकको पहिलो राष्ट्रपति बनेकोमा गर्व छ’

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल आज सकिँदैछ । केहि घण्टापछि प्रेसिडेन्ट इलेक्ट जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति बन्नेछन् ।

यो भन्दा पहिला मंगलवार राष्ट्रपति ट्रम्पले आफ्नो विदाई भाषणमा आफ्नो सरकारको उपलब्धि बताउँदै नयाँ सरकारलाई शुभकामना दिएका छन् ।

यसै क्रममा ट्रम्पले बिना कुनै युद्ध दशकको पहिलो राष्ट्रपति बनेकोमा गर्व महशुस गरेको बताएका छन् । उनले अमेरिकाको शक्तिलाई घरमा कायम गरेर अमेरिकाको लीडरशीपलाई नयाँ उचाइमा लगेको बताएका छन् ।

उनले आफूले विश्वलाई चीनविरुद्ध एकजुट गराएको समेत बताए ।

१९ मिनेटको भाषणमा उनले ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसाको निन्दा गरेका छन् । उनले अमेरिका अविश्वसनीय, सभ्य, विश्वासयुक्त र शान्तिप्रिय देश भएको बताए ।

उनले आफ्नो कार्यकालको याद गरेका छन् । साथै उनले आफ्नो उपलब्धिको बारेमा पनि बताएका छन् ।उनले चीन र कोरोनाको बारेमा पनि बताएका छन् । त्यस्तै उनले मेलानिया र परिवारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?