काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यायलको उपकुलपतिमा डा भोला थापा नियुक्त भएका छन् ।

काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित समितिले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो ।

समितिले डा थापासहित डा रामकण्ठ मकाजू र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो ।

काठमाडौं विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओलीले डा थापालाई बुधवार उपकुलपतिका रुपमा नियुक्त गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?