नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाई दुबई जान खोज्ने पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट दुबई जान खोज्ने राहदानी नम्बर १०३६९९०८ वाहक बारा बारागढी-५ घर भएका सुदिप चौधरीलाई हेम्स अस्पतालको नक्कली पीसीआर रिपोर्ट सहित मंगलवार साँझ प्रहरीले पक्राउ गेरको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेको अवस्थामा पीसीआर रिपोर्ट नक्कली भएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?