बाइडेनलाई कसले खुवाउनेछ शपथ ?

काठमाडौं । अमेरिकाले आज नयाँ नेतृत्वको सरकार पाउँदैछ ।

डेमोक्रेट बाइडेन आज अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा शपथ खाँदैछन् । तर उनलाई कसले शपथ खुवाउला ? यो भने सबैलाई जान्ने कौतुहलताको विषय रहेको छ ।

आज नेपालीसमयानुसार राती १०ः४५ बजे उनी राष्ट्रपतिको लागि शपथ ग्रहण गर्दैछन् ।

उनलाई सर्वोच्च अदालतका चीफ जस्टिस जोन जी रोबर्ट जूनियरले क्यापिटल्स हिल्सको वेस्ट फ्रण्टमा बाइडेनलाई राष्ट्रपति पदको शपथ खुवाउँदैछन् । त्यसपछि मात्रै राष्ट्रपति बाइडेनले देशको लागि सम्बोधन गर्नेछन् ।

गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् । इभेन्टमा जेनिफर लोपेजको पनि म्यूजिकल पर्फमेन्स रहनेछ । त्यसपछि राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रेसिडेन्ट एस्कोर्टमा क्यापिटल हिलबाट ह्वाइट हाउस जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?