१७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-४ बजार बस्ने भारत घर भएका २१ वर्षीत कुन्दन गुप्तालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ती किशोरीलाई गुप्ताले पटक-पटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?