पहिलो पटक अमेरिकालाई अमेरिकीको खतरा

काठमाडौं । पहिलो पटक अमेरिकालाई अमेरिकीको खतरा रहेको छ ।

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा ट्रम्प समर्थकहरुले हिंसा गर्ने आँकलन गरिएको छ । जसका लागि अमेरिकाका ५० राज्यमा सुरक्षा सतर्कता बढाइएको छ ।

अमेरिकाको राजधानी वाशिङटन डिसीमा मात्रै २५ हजार सैनिक तैनाथ गरिएको छ ।

७ जनवरीमा इलेक्टोर भोट काउन्टिङका बेला संसद भवनमा भएको हिंसामा ५ जनाको ज्यान गएको थियो । जसपछि सुरक्षा सतर्कता थप बढाइएको हो ।

आज १२ बजे अर्थात् नेपाली समयानुसार राती १०ः४५ बजे जो बाइडेनले राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?