मंगलवार कोरोनाबाट बेलायतमा अहिलेसम्मकै धेरैको मृत्यु

काठमाडौं । बेलायतमा मंगलवार कोरोना भाइरसका कारण अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ । बेलायतमा मंगलवार कोरोनाका कारण एकैदिनमा १६ सय १० जनाको मृत्यु भएको हो ।

यो संख्या बेलायतमा एकैदिनमा कोरोनाका कारण निधन हुनेहरुमा सबैभन्दा धेरै हो ।

यो भन्दा पहिला १३ जनवरीमा १५६४ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसका कारण ९१ हजार ४७० जनाको मृत्यु भएको छ भने ३४ लाख ६६ हजार ८४९ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?