महिलालाई म्यासेन्जरमा अश्लील सामाग्री पठाउने ३६ वर्षीय पुरुष पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई अश्लील सामाग्री पठाउने एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान साविक कालागाउँ गाविस वडा नं २ घर भइ हाल कुमाख गाउँपालिका वडा नं बस्ने ३६ वर्षीय रमेश शाही भन्ने रबी शाही रहेका छन् ।

शाहीले एक महिलालाई सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पिडन एवम् हैरानी दिएको आरोपमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले पक्राउ गरेको प्रवक्ता एसएसपी नविन्द्र अर्यालयले जानकारी दिए ।

शाहीलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा दफा ४७ बमोजिम कारबाही हुने प्रवक्ता अर्यालले बताए ।

उनलाई कारबाहीका लागि जिल्ला अदालत काठमाडौंले पक्राउ अनुमती दिएपश्चात उनलाई जिल्ला प्रहरी कार्यालय सल्यानको सहयोगमा माघ ५ गते पक्राउ गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?