१८६१ को गृहयुद्धपछिकै सबैभन्दा धेरै डिभाइडेड अमेरिकाको सत्ता सम्हाल्दै बाइडेन

काठमाडौं । जोसेफ आर बाइडेन जूनियर अर्थात् जो बाइडेन आज संसारको सबैभन्दा शक्तिशाली राष्ट्रध्यक्ष पदको शपथ लिँदैछन् ।

परम्पराका अनुसार अमेरिकाको ४६ औँ राष्ट्रपतिको रपमा बाइडेन संविधानमा लेखिएका ३५ शब्दको साधारण शपथ लिँदैछन् । तर यस पटक डेमोक्रेट बाइडेन १८६१ को गृहयुद्धपपछिकै सबैभन्दा डिभाइडेड अमेरिकाको सत्ता सम्हाल्दैछन् ।

बाइडेनको अगाडि कोरोनाको समस्या रहेको छ । साथै आर्थिक स्थिती उकास्ने चुनौति पनि ।

उनको शपथ ग्रहणमा हिंसा नहोस् भन्नका लागि २५ हजार सैनिक तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?