संसद विघटनसम्बन्धी मुद्दा : अधिवक्ताहरुले आधा घण्टा मात्र बहस गर्न पाउने

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आइतवारदेखि निरन्तर बहस भइरहेको छ ।

यसैक्रममा बुधवार पनि सर्वोच्चको संवैधानिक इजलासमा बहस शुरु भएको छ ।

आजबाट बहस गर्ने अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको छ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले अधिवक्ताहरुलाई आधा घण्टाको समय निर्धारण गरिएको बताए ।

अहिले संसद विघटनको मुद्धामा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बसह गरिरहेका छन् । प्रधानन्यायधीश जबराले आधा घण्टाको समयमा बहस सक्न आग्रह गर्दै आजबाट बहसका लागि आधा घण्टाको मात्रै समय छुट्याइएको बताए । तर अधिवक्ता ज्ञवालीले भने १ घण्टा नै बहस गर्न पाउनुपर्ने मागसहित बसह शुरु गरेका छन् ।

यसअघि उक्त मुद्धामा अधिवक्ताहरुले चाहेजति समय बहस गर्न पाउँथे । जसको कारण समय अपुग भएको भन्दै समय कटौती गर्दै आधा घण्टाको समय निर्धारण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?