‘सत्यमेव जयते-२’ मा जोन अब्राहमको डबल रोल

काठमाडौं । सत्यमेव जयते २ मा अभिनेता जोन अब्राहम ट्रीपल रोलमा देखिने खबर थियो तर सेटमा उनी दुई रोलमा मात्रै देखिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनको फिल्म डबल रोल मात्रै रहेको छ ।

एक रोलमा उनी सोसल एक्टिभिस्टको रुपमा मात्रै देखिनेछन् । त्यस्तै अर्को रोलमा उनी नायकको रोलमा देखिँदैछन् ।

फिल्ममा उनी भ्रष्टाचार गर्नेविरद्ध न्यायको पक्षमा खडा हुने देखिएको छ ।

उनले यो फिल्मको लागि १० किलो वजन घटाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?