भारतमा ६ लाख मानिसले लगाए कोरोना भ्याक्सिन, एक हजारमा देखियो साइड इफेक्ट

काठमाडौं । भारतमा अहिलेसम्म ६लाख मानिसको कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकेका छन् ।

अहिलेसम्म भारतमा कोरोना भ्याक्सिन लगाएका ०.१८ प्रतिशत अर्थात् करिव एक हजार मानिसमा मात्रै यसको दुष्प्रभाव देखिएको छ ।

भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार १६ जनवरीदेखि शुरु भएको भ्याक्सिनेशन प्रोग्राममा ६लाख मानिस सहभागी बनिसकेका छन् ।

भारतमा अहिलेसम्म १ लाख ५२ हजार ७५४ जनाको मृत्यु भइसकेको छ भने १ करोड ५ लाख ९६ हजार ४४२ जनालाई कोरोना संक्रमण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?